महेश काफ्लेको नयाँ गीत ’लज्जावती झार’

गायक महेश काफ्लेको नयाँ गीत ’लज्जावती झार’ सार्वजनिक भएको छ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको छ ।  उनले मायालाई लज्जावती झारसँग तुलना गरेका छन् । उनले गाएको यस अघिको ‘माया बिरानी ’ दर्शक तथा स्रोताले एकदमै मन पराएका थिए । यस गीत पनि मन पराइदिनेमा महेश आशाबादी देखिएका छन् ।

सार्वजनिक भएको गीतमा शब्द तथा सङ्गीत गायक महेश कै रहेको छ । यस गीतको भिडियोमा गायक महेश काफ्ले, अभिनेत्री आँचल शर्मा र असीम शाहको अभिनय रहेको छ । गीतको भिडियोलाई हरि हुमागाईँले छायाङ्कन, आसिफ शाहले निर्देशन र लोकेश बज्राचार्यको सम्पादन रहेका हुन् । यस गीतको भिडियो सोमबार युट्युबमा सार्वजनिक भएको हो ।