दुर्गेश र सुस्मिताको अभिनयमा दसैँ गीत ‘बस पर्खेर’

नेपालीको महान चार्ड दसैँ नजिकिदै गर्दा गायक गाकियाहरुले दसैँका गीतहरु बजारमा लिएर आउन थालेका छन् । हालै गायक तथा सर्जक मौसम गुरुङले दसैँतिहार ‘बस पर्खेर’बोलको गीत बजार ल्याएका छन् । उनको गीतमा मौसमलाई गायिका रेजिना परियारले गायनमा साथ दिएकी छन् ।
सार्वजनिक गीतको लय, शब्द ओम छिनालले गरेका छन् । गीतको म्युजिक भिडियोमा मोडल तथा गायक दुर्गेश थापा र सुस्मिता थापा मगरको अभिनय छ । सुरेश श्रेष्ठको छायांकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।