तेलुगु फिल्मका लोकप्रिय कलाकार जय प्रकाश रेड्डीको निधन

Mero Film

तेलुगू फिल्मका लोकप्रिय कलाकार जय प्रकाश रेड्डीको निधन भएको छ । उनको आज विहान आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । ७४ बषिर्य जयप्रकाश बाथरुममा गएका बेला हृदयघात भइलडेका थिए । उनको आज नै दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

उनको पहिलो फिल्म ‘ब्रह्म पुत्रुदु’ हो । सानैबाट कलाकारितामा होमिएका जयप्रकाश एक कुशल शिक्षक पनि थिए । उनका फिल्म ‘प्रेमिचुकन्दम रा’ ‘समरसिम्हा रेड्डी’ ‘नरसिम्हा नायडू’, ‘आनन्दम’, ‘कबड्डी कबड्डी’, ‘चिन्ना’, ‘किङ’ लगायतका सय बढी फिल्ममा अभिनय गरेका छन् । उनी फिल्ममा नेगेटिभ देखिदै आएका थिए ।  उनको निधनको खबरले फिल्म क्षेत्रमा अतुलनिय क्षती पुगेको भन्दै
आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबू नायडू लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यस्तै अभिनेत्री रकुल प्रीत सिंहले ट्विटरमा लेखेकी छन्, ‘मैले उहाँसँग कैयन चलचित्रमा काम गरेकी छु । उहाँको निधनले एकदमै दुखी छु । परिवारप्रति समवेदना । जय प्रकाश रेड्डी गुरुको आत्मालाई शान्ति मिलोस् ।’ त्यस्तै, अर्का अभिनेता जूनियर एनटीआरले लेखेका छन्, ‘आफ्नो जबरजस्त अभिनयबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अभिनेताको निधनको खबर सुनेर एकदमै दुखी छु । दिवंगत आत्माको शान्तिको कामना गर्छु ।’


Leave a Reply

Your email address will not be published.