पल–दुर्गेसको मित्रता


पल शाहको मित्र को हो अहिले । पल शाह नजिक कोसँग छन् । पललाई चिन्नेहरुले भन्न सक्छन् । अभिनेत्री आँचल शर्मासँगको मित्रता टुट्यो पलको । आँचल र पल नजिक हुँदा अरुसँग नजिक थिएनन् । टाढा भएपछि साथी चाहिहाल्यो ।

पल शाहको साथी अहिले गायक दुर्गेस थापा । दुर्गेस थापाको भिडियो पलले कसरी प्रमोशन गरिरहेका छन्, भन्न सकिन्छ । दुर्गेसले पनि पलको भिडियो प्रमोशन गरेका छन् ।

पल शाहले दुर्गेसको आलु जस्तो गायक गीतमा काम गरे । पल र दुर्गेस साथै देखिन्छन् । भिडियो लाइभ गर्छन् फेसबुकमा र कुरा गर्छन् । कालिकोट पुगेर राहत वितरण गरेका पल बाग्लुङतिर लागेका छन् । पल शाहलाई दुर्गेसले यहाँ साथ दिएका छन् ।

दुर्गेस र पल बाग्लुङमा बाढी पहिरो प्रभावितका लागि राहत बाढ्न गएका हुन् । मित्रता होस् दुर्गेस र पलको जस्तो ।