कसलाई संझिएर मुस्कुराउँछिन् वर्षा


वर्षा सिवाकोटी । प्रेमको पनि कुरा आउँछ उनको बेला बेला । निराजन प्रधानसँग प्रेममा अलग भएपछि उनको नाम जोडिएको छैन कोहीसँग पनि । अमेरिकामा रहेका यूवासँग उनको प्रेम रहेको खबर आएको हो । प्रेम छ या छैन, वर्षा बोल्दिनन् । फिल्ममा काम जोसँग गर्यो, नाम उसैसँग नयाँ भएन ।

वर्षा सिवाकोटीले दर्शकसँग आफ्नो पहिलो अनुभव शेयर गरिन् । शेयर गर्दै जादा पहिलो यात्रा, पहिलो सुट, पहिलो विज्ञापन, पहिलो क्यामेरा फेस सबै । वर्षाले नाई नभन्नु ल २ फिल्म पहिलो खेलिन् । उनले भेटेको पहिलो कलाकार करिश्मा मानन्धर ।

वर्षाले यसो भन्दै गर्दा संझिएर तिमीलाई, म मुस्कुराएको पत्तो हुन्न भनेर पनि उल्लेख गरिन् । सबै कुरा भनेकी वर्षाले कसलाई संझिएर मुस्कुराएकी हुन्, यो भन्दिएको भए हुन्थ्यो नी ।

वर्षा प्रेम छैन भनेर भन्छिन् । तर, उनले शेयर गरेका यस्ता कुरा हेर्दा कसले पत्याउने । कसलाई हो संझिएर मुस्कुराएको पत्तो नहुने, वर्षाको ?