कंगना मुम्बई जाँदै गर्दा कसैको धम्कीसँग नडराउने गरिन् ट्वीट

बलिउडका विभिन्न व्यक्तिमाथि अभिव्यक्ति दिदै आएकी कंगना रनौतलाई शिव सेना तथा नेताहरुले मुम्बइ नआउन धम्की दिएका थिए । शिव सेना लगायतको धम्की आएपछि भारत केन्द्र सरकारले ११ वाइ ग्रेटका सुरक्षाकर्मी उनको सुरक्षामा खटाएको थियो ।

त्यसको बावजुद उनी आज आज मुम्बई जाँदैछिन् । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यामा बलिउडमा व्याप्त नाताबाद र भाइभतिजावाद जिम्मेवार रहेको भन्दै अभिव्यत्तीका कारण उनलाई शिवसेना लगायतले धम्की दिएको हो । उनलाई शिवसेनाका एक नेताले त उनलाई मुम्बई नआउन र आएमा त्यसको परिणाम भोग्न तयार हुन चेतावनीसमेत दिएका छन् । तर ा कंगनाले आफू कुनै धम्की डरत्रासमा नडराउने भन्दै आएकी छन् । जसका साथ आज मुम्बई आउन लागेको कुरा सार्वजनिक रुपमै बताएकी थिइन् । कंगना त्यहाँको स्थानीय समय अनुसार चंडीगढबाट १२ः३० को फ्लाइटमा मुम्बई जाँदैछिन्।

कंगनाले मुम्बई आउनुअघि आफू कसैसँग नडराउने ट्विट गरेकी छन् । उनले लेखेकी छन् –‘रानी लक्ष्मीबाईको साहस, शौर्य र बलिदान मैले सिनेमाबाट बाँचेकी छु। दुःख कुरा त यो छ कि मलाई नै महाराष्ट्र आउनबाट रोकिदैंछ। म रानी लक्ष्मीबाईंको पदचिन्हमा चल्नेछु। न डराउनेछु, न झुक्नेछु। गलतकाविरूद्ध आवाज उठाइरहनेछु। जय महाराष्ट्र, जय शिवाजी ।’
लागुऔषधको बारेमा पटक पटक विवादमा आएकी कंगनलाई मुम्बई आएपछि लागुऔषध परीक्षण गर्ने बताएका राज्यका गृहमन्त्री अनिल देशमुखको भनाइको पनि कंगनाले जवाफ सहित ट्वीट गरेकी छन् ।

’म मुम्बई पुलिस र महाराष्ट्र सरकारका गृहमन्त्री अनिल देशमुखको यस उपकारबाट बहुतै खुशी छु। कृपया मेरो जाँच गर्नुहोस्। मेरो कल रेकर्डको जाँच गर्नुहोस्। यदी तपाईंले लागुऔषध कारोबारीसँग मेरो कुनै सम्बन्ध पाउनुभयो भने म मेरो गल्ती स्वीकार गर्नेछु र सदाका लागि मुम्बई छोड्नेछु। तपाईंसँगको भेटको प्रतिक्षामा छु ।’