कंगना मुम्बई नपुग्दै उनको अफिसमा चल्यो डोजर

बलिउड नायिका कंगना रनावतको मुम्बइस्थित अफिसमा आज एकाएक डोजर चलेको छ । विहान आफु मुम्बई आउँदै गरेको खबर ट्वीटर मार्फत दिएकी थिइन । उनलाई शिव सेनाका नेताहरुले मुम्बई नआउन चेतावनी दिएका थिए । कंगना मुम्बई पुग्नु अगाडि नै उनको अफिसमा बीएमसीले डोजर चलाएको हो ।

कंगनाले आफुलाई कसैले पनि रोक्न नसक्ने बताएकी थिइन् । उनको यो भनाई यता बृहन्मुम्बई महानगरपालिकाले सुन्दै सुनेन । उनको अफिस निर्माण अवैध तरिकाले भएको भन्दै हिजो २४ घन्टाको अल्टिमेटमसहित नोटिस टाँसेको थियो । त्यसको केही समयपछि उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर बीएमसीका कर्मचारी र मजदुर पुगेका थिए । उनीहरुले अफिस भत्काएका छन् ।

यता आफ्नो अफिसमा डोजर चलेको थाहा पाएपछि कंगनाले ट्विटरमार्फत विरोध जनाएकी छिन् । उनले, यो आफ्नो अफिस मात्र नभएर राम मन्दिर भएको र आफ्नो अफिसमा बाबर प्रवेश गरेको उल्लेख गरेकी छिन् । त्यस्तै कंगनाले आफू आउनु अगाडि नै महराष्ट्र सरकारका गुन्डाहरु आफ्नो अफिस पुगेको र अपिसलाई भत्याएको आरोप लगाएकी छन् । कंगनाले बीएमसीको दादागिरी विरुद्धमा उच्च न्यायलयमा उजुरी दिएकी छिन् ।