कंगनाको अफिस नभत्काउन अदालतको आदेश

हिजो बुधबार अचानक कंगना रनावतको मुम्बई स्थित बंगलामा नारकोटिक्स कन्ट्रोल ब्युरो (बिएमसी)ले भत्काउन थालेपछि अदालतले नभत्काउन आदेश दिएको छ ।

बिएमसीले अवैध रुपमा निर्माण गरेको भन्दै बंगला भत्काउन सुरु गरेको थियो । उनले आफु मुम्बई आउदैछु भन्दा भन्दै उनको बंगला भत्काउन थालिएको थियो । बंगला भत्काउन थालेको थाहा पाएपछि अदालतमा कंगनाले मुद्दा दायर गरेकी थिइन् । उनको मुद्धा दायरपछि  अदालतले बंगला  नभत्काउन आदेश दिएको हो ।

विभिन्न आलोचना सहदै आएकी कंगनालाई शिवसेनाका नेताहरुले उनलाई धम्की दिदै आएका थिए । उनलाई मुम्बई नआउन र आएको खण्डमा ठुलो क्षती व्यहोर्नुपर्ने बताएका थिए । तर उनले प्रतिबाद गर्दै आफु कसैसँग पनि नडराउने तर्क दिएकी थिइन् । केहि दिन अगाडी कंगनाले यस विषयमा कडा प्रतिक्रिया दिदै फासीवादको रुपमा वर्णन गरेकी थिइन् ।

उनले अब मुम्बई पाकिस्तान नियन्त्रित काश्मिर भएको आरोप लगाएकी थिइन् । कंगनाले आफ्नो घर कुनै अवैध निर्माण नगरिएको स्पष्ट पार्दै अगाडी भनेकी छिन्, ‘कोविड १९को कारण सरकारले ३० सेप्टेम्बरसम्म कुनै पनि ध्वस्त काममा प्रतिबन्ध लगाएको छ । बलिउड अब फासीवाद ।’