तेलुगु टेलिभिजनकी एक अभिनेत्रीद्वारा आत्महत्या

आन्ध्रप्रदेशमा तेलुगु टिभी धारावाहिककी एक अभिनेत्रीले आफ्नो घरमा आत्महत्या गरेकी छिन् । उनले मंगलबार कोठाको सिलिङमा पङ्खामा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनी २६ बर्षकी मात्रै भएकी छन् ।

उनलाई परिवारले झुण्डिरहेको अवस्थामा भेटेपछि तत्कालै अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याएपनि डाक्टरले मृत घोषित गरेका थिए । अभिनेत्रीलाई काकिनाडाका एक व्यक्तिले तनाव दिएका कारण आत्महत्या गरेको प्रहरीले बताएका छन् ।

यता छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमाबुवाले आरोप लगाएका छन् । उनका आमाबुवाले अभिनेत्रीसँग परिचित काकीनाडाका एक व्यक्तिमाथि आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै मुद्दा दर्ता गरेका छन् । श्रावणीले थुप्रै टेलिभिजनका धारावाहिक सिरियलमा अभिनय गरेकी छन् भने लकडाउनको समयमा पनि केहि सिरियलको सुटिङ गरिरहेकी थिइन् ।