अभिनेता जीवन लुइँटेलको आज जन्मदिन ,कति बर्ष पुगे ?

आज नेपाली फिल्मका अभिनेता जीवन लुइँटेलको आज जन्मदिन परेको छ । उनी आजबाट आफ्नो ३९ औं जन्मदिन मनाउदैछन् ।
गीत संगीत तथा साहित्यमा रुचि राख्ने जीवन लुइँटेलको फिल्म ‘नाई नभन्नु ल’ बाट अभिनयको तारिफ पाएका थिए ।

अमेरिकामा बस्दै आएका जीवनका ‘नाइ नभन्नु ल, बिन्दास, स्टुपिड मन, अन्दाज, ऋदम, ठूली, भूलभूलैया, नोटबूक लगायत दर्जनौ फिल्ममा अभिनय गरेका छन् । थोरै सफल फिल्म र धेरै फ्लप भएता पनि उनको अभिनयको तारिफ भइरहेको थियो ।

फिल्ममा उनको चर्चा रहँदा रहदै अमेरिका हानिएका जीवन पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी बेला बेला सामाजिक सञ्जालमार्फत नै कविता सुनाइरहेका हुन्छन् । अझैँ प्रगती गर्दै शिखर चुम्नु हाम्रो पनि जीवनलाई जन्म दिनको शुभकामना ।