एलिजा र दुर्गेश अभिनित ‘घाँसको माया गाईलाई’

अभिनेत्री एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनित ‘घाँसको माया गाईलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।

ईनाक्षी ईन्टरटेनमेन्टमार्फत सार्वजनिक गीतमा संगीत पनि गायक शिवाकोटीको नै छ । रामजनक कटवाल निर्माता रहेको भिडियोको कोरियोग्राफी तथा सम्पादन भने शिब बि.कले गरेका छन् । भिडियोमा बाल कलाकारमा भेनस बिक्रम कटवालको पनि अभिनय रहेको छ। विकास ज्ञवालीको सम्पादन आमोश तामाङको एरेन्ज रहेको छ भने छायाँकन अर्जुन तिवारीले गरेका छन् ।