पूजालाई लिन आउँछु भन्ने को ?


अभिनेत्री पूजा शर्माले लकडाउनपछि केही भिडियोमा काम गरिन् । उनले काम गरेको पछिल्लो भिडियो ‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो रिलिज भएको छ ।

यो गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन् । उनको आवाजमा समावेश यो पहिलो गीत हो ।

दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । यो गीतको भिडियोमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेका छन् । डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा पूजाले पनि खुलेरै नृत्य गरेकी छिन् ।

कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ ।