त्यो दिन फेरि फर्किएला करिश्माको ?


यो ढुकढुकीको ताल यस्तै हो भनेर करिश्मा मानन्धर र राजेश हमाल नाचेको याद कसलाई आउन्न होला । करिश्मा र राजेश हमालको फिल्म ५१ दिन चलेको थियो ।

करिश्माले सोही दिन संझिइन् । हलमा पुग्दा राजेश हमाललाई र उनलाई हेर्न आउने दर्शकको भीड संझिइन् । अहिलेका अभिनेत्रीले यो भिड कहाँ पाउलान् अब र खै ।

करिश्माले संझिदै गर्दा आफ्नो कपाल र बर्षौ अघिको पल संझिइन् । करिश्मा मानन्धरलाई छोटो कपाल मनपर्ने । छोटो कपाल पालेको संझिइन् । अहिले उनको कपाल यस्तो छोटो हुन्न । करिश्मालाई छोटो कपाल मनपर्छ ।

करिश्माले दुई कुरा संझिइन् । हलमा दर्शकको भीड, छोटो कपाल । करिश्मालाई हेर्न भनेर हलमा दर्शक नआएको धेरै भयो । छोटो कपाल उनले नराखेको पनि धेरै भयो । अब, फेरि करिश्माको यो दिन फर्र्किएला कि के गर्ला र कुन्नी ?