परदेशीको बेदना भरिएको दसैँ गीत ‘अभागी परदेशी’

 

विकास लामिछाने र रुपा कडेलको अभिनय रहेको ‘अभागी प्ररदेशी ’ सार्वजनिक भएको छ । गायिका शान्ति श्री परियार र राजेन्द्र कडेंलको स्वरमा रहेको उक्त गितमा भिसु भण्डारीको शब्द तथा गायक कडेलको लय रहेको छ ।

सार्वजनिक भएको गीतमा प्रदेशीको यथार्त कहानीलाई दर्शाइएको छ । दसैँको दिनसम्म भएनी घर आउँछु भन्दा भन्दै पनि साहुँले घर आउन नदिएको कथालाई गीतमार्फत भनिएको छ । गीतले लाखौ प्रदेशीको पिडालाई समटेको छ ।

देवेन्द्र पाण्डेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोलाई उत्सव दाहालले छायाकन गरेका छन् । म्युजिक भिडियो विष्णु दाहालले सम्पादन गरेका छन् भने सुपारी म्युजिकको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।