कोरियोग्राफर रविन शाह अब गीतकार र संगीतकार

कुनै एक समय थियो, मान्छेहरु चलचित्रमा खलनायक खेल्ने मान्छे साँच्चीकै छुच्चो हुन्छ अनि नायक खेल्ने मान्छेको स्वभाव नै दुखीलाई देख्नासाथ सहयोग गर्ने अनि केटी देख्नासाथ प्रेम गर्ने हुन्छ ।

तर जब मान्छेले यो सब कथामा बहकिएको अभिनय मात्र हो भन्ने बुझे अनि आफ्नो भ्रम बुझेर एकछिन् घोत्लिए अनि केही बेर आफैं हाँसे । हो यस्तै विभिन्न कलाकारहरुलाई छमछम नचाएर कोरियोग्राफरको रुपमा आफुलाई चिनाएका रविन शाहले पनि अरुले सोचेका् भन्दा फरक काम गरेका छन् ।

सबैले नचाउँने गुरुका रुपमा चिनेका रविन एकै पटक दुईवटा परिचय लिएर आएका छन् । उनले आफ्नै शब्द तथा संगीतमा मर्मस्पर्शी गीत किन तिम्रो सम्झनाले डिजिटल बजारमा ल्याएका हुन् । गीतलाई ऋदम कँडेलले एरेञ्ज गरेका छन् भने फुर्वा तामाङले रेकर्डिङ गरेको गीतको मिक्सिङ र मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन् ।

द भ्वोईस अफ नेपालको सिजन १ जितेका सिडी बिजय अधिकारीको स्वर रहेको गीत अत्यन्तै मर्मस्पर्शी रहेको छ । हाल लिरिकल स्टुडियो भिडियो सार्वजनिक गरेका रविनले चाँडै कथानक भिडियो निर्माण गरिने बताएका छन् ।