विमल अधिकारी र रन्जिताबीच प्रेममा खटपट

नेपाली लोक गीत संगीतको क्षेत्रमा वियोगान्त भावका गीतहरुमा सफल मानिएकी गायिका देवी घर्ति मगर र गायक अनुष अधिकारीको आवाजमा रहेको ‘रुने मन ’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।गीतमा माया र प्रेममा धोका पाएका प्रेमीबीचको पिडालाई समावेश गरिएको छ ।

गीतमा रमेश परियारको शब्द तथा लय सिर्जना रहेको छ ।  मायामा घात हुँदाको पिडालाई मनमा रोपिएको हुन्छ । त्यहि पिडालाई गीतको माध्यमबाट ब्यक्त खोजिएको सुनिता पाण्डे रितुले बताइन । दुर्गा पौडेलको छायाँकन , दिपक विष्टको सम्पादन रहेको भिडियोमा विमल अधिकारी , रञ्जिता गुरुङ र शम्भु पोखरेलले अभिनय गरेका छन् ।