लकडाउनपछि सुरु भो, फिल्म ‘लक्ष्य जिन्दगीको’

लकडाउनपछि नेपाली फिल्मको छायाँङ्कन सुरु हुन थालेको छ । फिल्म ‘लक्ष्य जिन्दगीको’ छायाँकन सुरु भएको छ । शुक्रबारबाट यस फिल्मको सुटिङ सुरु गरिएको हो । सामाजिक दुरी कायम गर्दै थोरै मानिसको उपस्थितीमा फिल्मको इन्डोर छायाँकन सुरु भएको हो ।

संयम फिल्मस् प्रोडक्सन हाउस प्रा.लि.को प्रस्तुति रहेको फिल्ममा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जएन घिमिरे, पुस्कर राउत, प्रदीप गिरी, दीपिका थापा, बादल घिमिरे, कविता रोय, प्रनिमा दाहाल, विमल पासवान, सुस्मिता मुढभरी, अशोक भुजेललगायतका कलाकारको अभिनय रहने छ । यस फिल्मको निर्माता सुनिल राजभण्डारी रहेका छन् । रामेश राईको निर्देशन रहने फिल्मको सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता हुन् ।