भत्किएको अफिस हेर्दै कंगनाले भनिन् ‘ यसै उजाड छोड्नेछु ’

बलिउड अभिनेत्री कंगना रनौतको अफिसमा एकाएक नगरपालिकाले भत्काउन थालेपछि चौतफी विरोध भयो । उनले आफ्नो अफिस भत्काएको भन्दै हिजै अदालतमा मुद्धा हालेकी थिएन ।

अदालतले कंगनाको अफिस नभत्काउन आदेश थियो । कंगनाले बिहिबार आफ्नो अफिसको भ्रमण गर्दै टुटे–फुटेको सामान देखेपटि एउटा ठूलो निर्णय लिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत एक ट्वीट गर्दै टुटे फुटेको अफिसको मर्मत नगराउने पक्षमा देखिकी छन् ।

उनका अनुसार उनले आफ्नो अफिसलाई जस्तो छ त्यस्तै राख्ने र यसलाई एक महिलाको इच्छाशक्तिको रुपमा पेश गर्ने बताएकी छन् । हिजो उनको पाली हिलस्थित अफिसमा बिएमसीले अवैध निर्माण गरेको भन्दै डोजर चलाएको थियो । अवैध रुपमा निर्माण गरेको भन्दै २४ घण्टे अल्टिमेटन दिएको थियो । २४ घण्टा नवित्दै उनको अफिस भत्काउन थालिएको थियो । यता कंगनाले अफिसमा कुनै पनि प्रकारको अवैध निर्माण नभएको बताएकी छिन् ।

कंगनाले ट्वीटरमा लेखेकी छन् – ‘मैले आफ्नो अफिसको सुरुवाती जनवरी १५ देखि गरेकी थिएँ । कोरोना सुरु हुनु ठिक अघि । अरुले जस्तै मैले पनि त्यतिबेला देखि काम गरेकी छैन । यसको मर्मत गर्नका लागि मसँग पैसा छैन । म यही अवशेषबीच काम गर्नेछु । आफ्नो अफिसलाई यसै उजाड छोड्नेछु, जुन एक महिलाको इच्छाशक्तिको उदाहरण बन्नेछ, जसलाई यो संसारले तोड्न खोजेको थियो ।’