अक्षय कुमारले ‘सधैं गहुँत पिउँछु’ भनेपछि…

बलिउड अभिनेता अक्षय कुमारले आफूले दैनिक रुपमा गहुँत पिउने गरेको बताएका छन् । उनले इन्स्टामा फोटो सहित स्टाटस लेखेपछि उनले यो कुरा बाहिर ल्याएका हुन् ।

अक्षयले ‘इन टु द वाइल्ड’ को आफ्नो विशेष एपिसोडमा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्ससँग इन्स्टाग्राम लाइभ सेसनमा भाग लिदैँ सो कुराको खुलासा गरेका हुन् ।

उनलाई कार्यक्रम प्रस्तोता ग्रिल्सले यसबारेमा प्रश्न गरेका थिए । उनले भनेका थिए –‘ तपाईंको यो कसरी गर्न सक्नुभयो ? ’
यो प्रश्नको जवाफमा अक्षयले भने, ‘आयुर्वेदिक कारणले म दैनिक गहुँत पिउँछु त्यसैले यो मेरो लागि रत्तिभर पनि कठिन थिएन । ’
अचम्मका परेका बेयरले भने, ‘मेरो कार्यक्रममा आउने थुप्रै पाहुनाले यस्तो गर्न सक्दैनन् ।  जब मानिसहरु चर्चित हुन्छन् तब उनी आफ्नो कम्फर्ट जोनबाट बाहिरको काम गर्न बन्द गर्छन् किनभने उनीहरु कमजोर देखिन डराउँछन् तर अक्षय कुनै पनि कुराका लागि तयार थिए ।’

‘इन टु द वाइल्ड’ कार्यक्रम ११ सेप्टेम्बर र १४ सेप्टेम्बरमा डिसकभरी च्यानलमा प्रसारण हुदैँछ ।