सोनिया गान्धीलाई कंगनाको प्रश्न : तपाई दुःखी हुनुहुन्न?

बलिउड अभिनेत्री कंगना रनौत अहिले विभिन्न आरोप खेपिरहेकी छन् । उनले साहाराका लागि भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई गुहारेकी छन् । उनले एक महिलामाथी भएको आरोपको मौनतामाथि प्रश्न उठाएकी छन् । कंगनाले आफुमाथी भएको अन्यायका विरुद्ध महिला भएको कारणले सोनियाले केहि बोल्दिन नसकेको गुनासो गर्दै गान्धीलाई लक्षित ट्वीटर गरेकी छन् ।

कंगनाले लेखेकी छन्, ‘सोनियाजी एक महिला भएको नाताले के जुन तरिकाले तपाईको महाराष्ट्र सरकारले म सँग व्यवहार गरेको छ, त्यसबाट तपाई दुःखी हुनुहुन्न? के तपाई डा. अम्बेडकरद्वारा लिखित संविधानका सिद्धान्तलाई पालना गर्नका लागि आफ्नो सरकारलाई अनुरोध गर्न सक्नुहुन्न?’

कंगनाले अगाडि लेखेकी छिन्, ‘पश्चिममा हुर्किएर आज भारतमा रहनुहुन्छ। तपाईलाई महिलाहरुको संघर्षको जानकारी होला। तर, जब तपाईकै आफ्नै सरकार महिलाहरुको उत्पीडन गरिरहेको छ र कानून(व्यवस्थाको मजाक उडाइरहेको छ। तब इतिहासले तपाईंको मौनतामा न्याय गर्नेछ। मलाई आशा छ कि तपाईं यो मामिलामा हस्तक्षेप गर्नुहुनेछ ।’

महाराष्ट्र सरकार र कंगनाबीच विवाद चर्को रुप लिएपछि अस्तिको दिन कंगनाको अफिस बीएमसीले अवैध संरचना बनाएको भन्दै भत्काएको थियो । कंगनाको कार्यालय तोडफोड गरेपछि आक्रोशित बनेकी कंगना सोनिया गान्धीको सहारा मागेको बुझिएको छ । महाराष्ट्रमा शिवसेना र कांग्रेस आईको संयुक्त सरकार छ । शिवसेनासँगै कांग्रेस पनि कंगनाविरुद्ध देखिएको छ ।