‘हाउसफुल’का निर्देशकलाई लाग्यो यौन शोषणको आरोप

हाउसफुलका निर्माता तथा निर्देशक साजिद खानमाथि एक अभिनेत्रीले यौन शोषणको आरोप लगाएकी थिइन् । पाउला नाम गरेकी एक मोडलले साजिदमाथि यौन शोषण गरेको आरोप लगाएकी छन् । उनले इन्स्टाग्राममार्फत् साजिदमाथी यौन शोषणको आरोप लगाएकी हुन् । उनले इन्स्टामा लेखेकी छन्, ‘जब बलिउडमा मिटु मुभमेन्ट सुरु भएको थियो, त्यसबेला धेरैले साजिद खानको नाम लिएका थिए तर मैले हिम्मत गर्न सकिनँ ।’
बलिउडमा मिटुका बारेमा बेलाबेलामा चर्चा भइरहनछ । एकले अर्कोलाई आरोप लागइरहन्छन् । नेपाली फिल्म क्षेत्रमा पनि पछिल्लो समय यौन शोषणको बारेमा ठुलै बहस हुने गरेको छ । दुई वर्ष अगाडि मिटू मुभमेन्टको बहसले कयौं बलिउड कलाकारको नाम मुछिएको थियो ।
अभिनेत्री पाउलाले अगाडि लेखेकी छन्, ‘सबैसँग फिल्म इन्डस्ट्रीमा गडफादर हुँदैन र परिवारका लागि कमाउनु पर्ने हुन्छ । यसैले कतिपय अवस्थामा चुप बस्नु पर्ने हुन्छ । अब मेरो परिवार मेरो साथमा छैनन्, म आफूलाई मात्र कमाइरहेकी छु र अब म हिम्मत गर्न सक्छु कि साजिद खानले मलाई १७ वर्षको उमेरमा ह्यारेसमेन्ट गरेका थिए । उनले मलाई नराम्रो शब्द बोल्दै छुन खोजेका थिए ।’

मुम्बई मिरर पत्रिकाका अनुसार अभिनेत्रीले फिल्म ‘हाउसफुल’ मा एक रोल दिनका लागि अनुरोध गर्दा कपडा फुकालेर आफुसँग सुत्न भनेको उनको आरोप छ । उनी भन्छिन् , ‘भगवान नै जान्दछन् कि उनले कति युवतीसँग यस्ता हर्कत गरे । म कुनै प्रकारको दया भावनाका लागि अगाडि आएको होइन, यो यसकारण गरेको हुँ कि मलाई यसले नराम्रोसँग असर पा¥यो । म त्यसबेला सानै थिएँ र बोल्न सकिनँ । तर, यो सही समय हो ।,’