सडक दुर्घटनामा परि फिल्म सम्पादक गौतमको मृत्यु

नेपाली फिल्मका सम्पादक अनिल गौतमको सडक दुर्घटनामा परि मृत्यु भएको छ । हिजो राति १०ः ५५ बजे बानेश्वरबाट कौसलटार निवास फर्कने क्रममा तीनकुनेमा उनी सवार मोटरसाइकललाई टिफरले ठक्कर दिएको थियो । गौतम चढेको बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०१–००३ क ४५६३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै ट्राफिक प्रहरीले गौतमलाई उपचारका लागि बानेश्वरको सिभिल अस्पताल पुर्याएको थियो । उनको उपचारको क्रममा निधन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । टिपर चालक प्रहरीको नियन्त्रणमा लिएको छ । गौतम चलचित्र बिकाश कम्पनीलगायत बिभिन्न ठाउँमा रहेर काम गरिरहेका थिए भने हाल उनी पाइम टेलिभिजनमा दृश्य सम्पादन गर्दै आइरहेका थिए ।