एक सातादेखि बाढी पहिरो पीडितलाई राहत बाँड्दै पल र दुर्गेश

एक साता अगाडी देखि अभिनेता पल शाह र मोडल तथा गायक दुर्गेश थापा बागलुङका बाढी पहिरो पीडितलाई खाद्यान्न र आर्थिक सहयोगमा जुटिरहेका छन् । उनीहरु निषेधाज्ञाकाबीच खाद्यान्न साम्राग्री बोकेर बाग्लुङ पुगेका हुन् । उनीहरु अहिले त्यहाँ बसेको खाएको केहि तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट पनि गरिरहेका छन् ।

केहि दिन अगाडी बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा बाढी र पहिरो गयो । पहिरोले त्यहाँ ठुलो मात्रामा धनजनको क्षति भएको थियो । उनीहरु त्यो खबर पाउनसाथ राहत बोकेर बाढी पहिरो पीडितलाई मलम लगाउन पुगेका थिए । अहिले पनि वितरण कार्य गरिरहेका छन् ।
अहिलेसम्म पल र दुर्गेशको टीमले खाद्यान्न सामाग्री सहित ५० हजार नगद र केही स्टेशनरी सामान दिइसकेका छन् । उनीहरुले सिरक डसना सहित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र नपा वडा न. ८ र ९ वडाध्यक्षलाई हस्तान्तरण गरेका थिए ।