वर्षालाई फकाएरै माया जालमा पार्ने सुरमा नायक पल शाह

गुडी जाने रेल, आमा तिमी कहाँ छौ, गुराँश फुल्यो बनैमा, लगायतका चर्चित गीतका गायक किशोर शिवाकोटीको नयाँ गीत ‘पर्ख तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । सत्य स्वरुप आचार्यको संगीत र एकनारायण भण्डारी शब्द रचना रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले अभियन गरेका छन्।

गायक शिवाकोटी अमेरिकामा रहँदै आएका एक कुशल गायक हुन् । गायक शिवाकोटी अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा सक्रीय रहँदै आएका छन्।  पर्ख तिमीलाईमा कोरियोग्राफी सुबोल थापाको रहेको छ भने बुद्ध थापाकोको छायांकन रहेको छ भने सम्पादन विकाश धमलाले गरेका हुन् । निकेश खड्काको निर्देशन रहेको गीत किशोरको त्रिब्युट एल्बममा समावेश छ ।