सुहाएकै हो त वर्षा र दयाको जोडी ?


दयाहाङ राइलाई म्यूजिक भिडियोले छोपेको छ । फिल्मको काम रोकियो । दयालाई भिडियोले फलिफाप दिएको छ । खेलेको खेल्यै छन्, भिडियो उनले त । दयालाई भिडियोमा आँचल शर्मा, वर्षा सिवाकोटीसँग पनि हेर्न पाइयो । आँचलसँग उनले खेलेको गीत त चलेन । वर्षासँग खेलेको ज्यानले तिमीलाई ठिकठाक जादैछ ।

वर्षालाई भने दयाहाङसँगको जोडी सुहाएको लाग्छ । दर्शकले जोडी सुहाएको भनेका छन् । वर्षा मख्ख छिन् । दयाहाङ राइले खेलेको विर विक्रम २ मा वर्षा हिरोइन भइन् । दया भएनन् हिरो सो फिल्ममा ।

दयासँग वर्षाले भैरे र लप्पन छप्पनमा काम गरिन् । दुबै फिल्ममा दर्शकले जोडी सुहाएको कुरा गरेनन् । अर्को फिल्ममा पुरा रोमान्टिक अवतारमा देखिन रहर लागेको त होइन वर्षालाई दयासँग ?