जन्मदिनको अवसरमा राजनराजको ‘उकुस मुकुस’

संगीतकार राजनराज शिवाकोटी र गायिका मिलन नेवारको आवाजमा ‘उकुस मुकुस’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजनराजको नै शब्द तथा संगीत रहेको छ । गायिका मिलनले आफ्नै युट्युव च्यानल ’देविथान म्युजिक’ मार्फत गीतको भिडियो सहित सार्वजनिक गरेकी छन् । राजेश राईले निर्देशन गरेको भिडियोलाई उत्सव दहालले खिचेका छन्।

भिडियोमा राजनराज र मिलनले नै अभिनय गरेका छन् । सानै देखि अभिनयमा रुचि भएका राजनराजले अभिनयलाई गर्ने मौका पाएका थिएनन् । आफुले खेलेको भिडियो दर्शकले नहेर्लान् की भन्ने डरका कारण पनि आफु अभिनयमा नआएको राजले बताए । अव भने अभिनयलाई पनि निरन्तरता दिने राजनको भनाई छ ।

पछिल्लो समय राजन र मिलनले सहकार्य गर्दै गीतसंगीत सार्वजनिक गर्दै आइरहेका छन् । आफै म्युजिक भिडियोमा पनि अभिनय पनि गरेका छन् । गत महिना राजन र मिलनको आवाजमा रहेको ’तिमि उता म यता’ बोलको गीत सार्वजकि भएको थियो । जुन गीतको भिडियोलाई १ मिलियन पटक हेरिएको छ । यसको खुशी पनि निर्माण टिमले नयाँ गीत स्रोता दर्शकमाझ ल्याएको राजनराज बताउँछन् ।