शाहरुख र दीपिका ‘सनकी’मा जोडी बाँधिदै

बलिउडमा शाहरुख खान र दीपिका पादुकोणलाई दर्शकले एकदमै रुचाइएका जोडी हुन् । उनीहरुलाईदर्शकले पर्दामा जोडीका रुपमा नदेखेको लामै समय भइसकेको छ । अव दर्शकहरुले यि जोडीलाई फेरि एकपटक पर्दामा देख्ने भएका छन् । तमिल निर्देशक एटली कुमारको फिल्म ‘सनकी’मा शाहरुख र दीपिकालाई जोडी बाँध्न लागेका हुन् ।

दीपिका र शाहरुखले २०१८ मा ‘जिरो ’फिल्ममा सँगै अभिनय गरेका थिए । फिल्मफेयरका अनुसार, ‘सनकी’मा काम गर्न शाहरुख र दीपिका उत्साहित देखिएका छन् । ‘सनकी’सम्म आइपुग्दा शाहरुख र दीपिकाको जोडी चौथोपटक हुनेछ ।

यसअघि शाहरुख र दीपिकाले ‘ओम शान्ति ओम’, ’चेन्नई एक्सप्रेस’ र ‘ह्याप्पी न्यू ईयर’मा काम गरेका थिए । शाहरुखले ‘ओम शान्ति ओम’बाट दीपिकालाई बलिउडमा डेब्यु गराएका थिए । ‘सनकी’ फिल्मको युनिट २०२१ को शुरुवातमा फ्लोरमा जाने योजनामा छ । अहिलेको नयाँ फिल्मको कथा दीपिकालाई एकदमै मन परेको बुझिएको छ ।