आठ पटक सेनाको तालिमबाट फालिएका गायक

नेपाली गायन क्षेत्रमा लोकप्रिय नाम हो कृष्ण काफ्ले । उनले नेपाली गीतसंगीतमाझ एक दशक विताइ सकेका छन् । उनका गीत स्रोता दर्शकमाझ दुई सय भन्दा बढि आइसकेका छन् । जसका कारण नेपाली गीतसंगीतमा गाएको गीत संगीतका साथ उनको नाम चर्चामा छ । दश बर्ष देखि गायन क्षेत्रमा सक्रिय गायक कृष्ण काफ्लेको संघर्ष निकै लामो छ । उनले गायक बन्नका लागि संघर्ष गरेका कथा अरुका भन्दा कम छैनन् ।

दश बाह्र बर्ष अगाडी गाउँबाट राजधानी आउने र जाने उनका लागि पानी पधेँरो जस्तै भएको थियो । काठमाडौ गएपछि गीत गाउन पाइन्छ भन्ने हल्लाका कारण उनी बारम्बार काठमाडौ आइरहन्थेँ । तर , उनले काठमाडौमा आएपछि न गीत गाउन पाए न काम नै । कृष्णले गीत गाउन नपाएपछि निराश हुँदै लखर लखर नाइट बस चढेर गाउँ फर्किए । उनी अहिले ति दिनहरु झलझली सम्झन्छन् । उनलाई यो संघर्ष अहिले जस्तो लाग्छ ।
तर अहिले उनी नेपालको चर्चाका गायक बनेका छन् । उनले लामो संघर्षपछि सफलता पाएका छन् । उनले आफुलाई गायक बनाउने अठोट पुरा गरेका छन् । अहिले उनले गाएका गीत मेलापात देखि काठमाडौका दोहोरीसाँझसम्म बज्ने गरेका छन् । यो सफलता भनेको उनको हिम्मत नै हो । घर गाउँमा हुँदा पनि गीत गाइरहन्थेँ । स्कुल तथा गाउँमा हुने मेला महोत्सवमा उनलाई गाउनका लागि अफर आउँथ्यो ।

उनी भन्छन्,‘ नवलपरासी आइडल बनेपछि राजधानीमा गीत गाउन पाइन्छ की भनेर आए । तर यहाँ त मैले त्यस्तै कुनै अवसर पाइनँ । काठमाडौमा एक त बस्नको लागि कुनै जागिर पनि थिएन । अर्को कुरा मेरो परिवारमा गायन क्षेत्रमा लाग्नु भएको कोही पनि थिएनन् । गीत गाउनका लागि पटक पटक काठमाडाँै आइरहे । काठमाडौमा टिक्नका लागि नयाँबानेश्वरको एक दोहोरीसाँझमा पनि गीत गाए । धेरै समयसम्म गाएनन् । उनले ठमेल, दरबारमार्गको एक गजलबारमा पनि गीत गाए । तर सोचे जस्तो उनलाईन भएन । बेलुका अबेला सुत्नुपर्ने अनि विहानभरि सुत्दा उनलाई गायनमा केहि गर्न सकिएला जस्तो लागेन । दोहोरीसाँझ र गजलबारमा काम गर्दा अवसर खोजिमा भौतारिन भने छोडेनन् तर अवसर भने कसैले दिएनन् । त्यसै बीचमा मैले गीतहरु रेकर्ड गरे ।

सिरियल देखि गायनको कठोर यात्रा

काठमाडौ आएपछि उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य सिरियल ‘तितो सत्य’मा अभिनय गर्ने मौका पाए । त्यहाँ उनले साना साना रोलमा अभिनय गर्थेँ । तर ,उनले भने जस्तो अभिनय पाएनन् । उनले त्यति कै हल्लिएरै टुक्रा टुक्री मै अभिनय गरेर करिब तीन चार बर्ष विताए । यहाँ प्याच्च पुच्च अनुहार देखाउँदा भने केहि कुराहरु सिक्ने मौका पाएको कृष्णको भनाई छ ।

उनले संघर्ष गरेको झण्डै चार बर्ष पछि एउटा गीत रेकर्ड गराएका थिए । २०६५ सालमा काठमाडौमा उनले रेकर्ड गराएको गीत थियो ‘आँसुमा डुबाउन्न भन्थ्यौ ’। यस गीतले दर्शक स्रोताको मन जित्यो । तर उनको नामको भने चर्चा हुन सकेन । उनले सय भन्दा बढि गीत गाउँदा पनि उनको नामको भने खासै चर्चा सुनिएन । उनले गायनमा निरन्तरता दिइरहेक । उनलाई ‘छक्का पञ्जा ’ फिल्ममा गीत गाउने अवसर आयो । त्यस फिल्ममा समावेश ‘सुनन चम्पा , देखन चम्पा ,हम्रा त तम्रा बाहेक को छ र ’बोलको गीत गाए । त्यसपछि उनको चर्चा चुलिदै गयो । उनले त्यसपछि फिल्म किस्मत २ को ‘तिम्रो पिक्चर हिट ’ बोलको गीत गाए ।

उनले गाएका गीत एकपछि अर्को हुँदै हिट हुदैँ गए । यि गीत हिट भएको एक बर्षका अन्तरालमा अर्थात गत साल प्रदर्शनमा आएको फिल्म मंगलम्को ‘पर्ख पर्ख मायालु’ बोल गीत गाउने अवसर पाए । उनले गाएको यो गीत धेरैको जनजिब्रोमा झुण्डिएको गीत हो । यस गीतले थप उनको चर्चा भयो । यस गीत पछि उनले पछाडी फर्केर हेर्नै परेन । उनको नाम र काम दुवै चर्चामा पुग्यो । जुन गीत अहिले पाँच करोड भ्युज कटेको छ । उनी गायक मात्र होइन ,गीत तथा संगीतकार पनि हुन् । उनले धेरै गीतमा संगीत पनि भरेका छन् र शब्द पनि लेखेका छन् । तर उनको परिचय भने गायकका रुपमा परिचित छ । उनको परिचय हेर्न हो भने यतिमा मात्र सिमित छैन । उनी नवलपरासी आइडल समेत हुन् ।

नेपाली सेना बन्ने मेरो र घर परिवारको सपना

कृष्णको सपना भने, गायन मात्र बन्ने थिएन । खासमा उनको नेपाली सेना बन्ने सानै देखिको सपना थियो । उनको मात्र नभएर उनको परिवारले नै छोरो आर्मी बनोस् भन्ने चाहाना राख्ने गरेका थिए । सेना बन्नका लागि उनले ६२,६३ सालमा नेपाली सेनामा भर्ती हुनका लागि दरखास्त दिएका थिए । सेनामा भर्ना हुनका लागि हुने विभिन्न तालिममा सहभागी भए । देशमा द्धन्द भएका कारण त्यो बेला सेना बन्न अलिक सजिलो भएता पनि उनको केहि केहि कमजोरी निस्किहाल्थ्यो ।

कृष्ण भन्छन्–‘मैले सेनाको तालिममा आठ पटक फेल भएको छु । नौ पटकमा बल्ल बल्ल पास गरेको थिए, देशमा माओबादी र नेपाली सेनाको भिडन्त उग्ररुपमा भइरहेको थियो । उनीहरुको भिडन्त नरोकिएपछि आमा बुवा ,आफन्तले अहिले छोड् ,मर्ने बाँच्नेको ठेगान छैन जागिर नखाई छोडेको हो । अहिलेको जस्तो सामम्य भएको भएँ कहाँ छोड्थे होला र ? सेना बन्नका लागि कति धेरै संघर्ष गरेको थिए । सायद नछोडेको भए म सेनाको कुनै पदमा हुन्थेँ या के हुन्थेँ थाहा छैन ।’

उनी आफ्ना घरपरिवारको सपना पुरा गर्नका लागि भएपनि सेनामा भर्ना भएको सुनाउँछन् । ‘सायद म सेना भएको भएँ , गायनमा मेरो यात्रा हुँदैन थियो या यतिको चर्चामा आएर देश विदेशको यात्रामा सहभागी भएर दर्शकको मन जित्न सक्दिन थिएँ होला । सेनामा आठ पटक फालिनु भनेको मेरो त्यो क्षेत्र नभएर नै होला । भाग्यमा मेरो सेना बन्न लेखेकै रहेनछ । बल्ल बल्ल पास गरेको घर परिवारले पर्दैन भन्न थाल्नुृ भयो । ’

नेपाली सेना बन्न राती राती भारी बोकेर दौडिए

नेपालमा सेना बन्नका लागि त्यति सजिलो पनि छैन । जसका लागि दौड, भारी बोक्ने देखि लिएर अनेक चरण पार गर्दै लैजानु पर्छन । गायक कृष्ण पनि यस्तै व्यायम घरमा बस्दा गरे । उलने ज्यान बनाउनका लागि विहान विहानै चार बजे उठेर दौडिने , भारी बोकेर कुद्ने काम गरे । स्वास्थ्यमा निकै ख्याल राख्ने उनी आर्मी जसरी नी बन्नुपर्छ भन्ने मनमा इख बोकेर लागि परेका थिए । आर्मीमा भर्ना हुँदा दौडमा भारीमा पास भए पनि अन्य कुरामा उनी फेल हुन्थे ।

उनी अतित सम्झिँदै भन्छन् – ‘मैले सायद स्वास्थ्यका विषयमा सानै देखि ध्यानमा राखेका कारण अहिले पनि उस्तै छु । जुन सेना बन्नका लागि शरिरलाई फुर्तिलो र निरोगी हुनु पर्थो ।मैले त्यसैलाई अहिले पनि फलो गरिरहेको छु । मैले स्कुल पढ्दा देखि नै व्यायाम गरिरहेको हुन्थेँ । कहिले साथीभाई मिलेर व्यायम गर्ने भने कहिले एक्लै हुन्थेँ । जुन कुरा अहिले पनि गर्छु । अहिले सेना बन्नका लागि गर्दिन । स्वास्थ्य बन्नका लागि योगा ,जीम जाने गर्छु । त्यो बेलामा चाही आर्मी बन्नका लागि पुसअप देखि,दौड मेरो लागि दैनिकी हुन्थ्यो । लकडाउनका कारण अहिले घरमा नै योगा गरिरहेको हुन्छु । पुसअफ हल्का गरिरहेकै हुन्छु ।’