भारतिय मोडल पुनम पाण्डेले गरिन् विवाह

भारतीय मोडल पूनम पाण्डेले वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले आफ्नो प्रेमी स्याम बम्बेसँग विवाह गरेकी हुन् । लामो समय देखि प्रेम सम्बन्धमा रहेका यि जोडीले लकडाउनकै समयमा विवाह गरेको देखिन्छ । हालै पूनमले आफ्नो इन्स्टाग्राममा विवाहका केही तस्बिरहरु भटाभट पोस्ट गरेकी छन् ।

सार्वजनिक गरिएको उनका तस्विरमा पूनमले लेहेंगा लगाएकी छन् भने स्यामले शेरवानी लगाएका छन् । उनले सेयर गरेको तस्बिरसँगै लेखेकी छन्, ‘यहाँबाट म तपाईंसँग सात जन्मको आशा गर्दछु ।’ पुनमलाई अहिले वैवाहिक जिवनको शुभकामना दिनेको ओइरो छ । स्याम र पूनमले जुलाईमा इन्गेजमेन्ट गरेका थिए ।