वर्षाको स्लिम फिगर


वर्षा राउत चलेकी अभिनेत्री । वर्षालाई फिल्मको लाइन देखिन्छ । वर्षा लकडाउनले गर्दा घरमै थन्किइन् । फिल्म रोकिए । २ नम्बरी, के घर के डेरा रोकियो । नाई नभन्नु ल ६ बाट अफर आएको थियो । काम अघि बढेन ।

वर्षालाई लाग्छ एउटा आरोप सधै । त्यो आरोप हो मोटी भइन् । आफूलाई फिट राख्न सकिनन् । वर्षाले यो आरोप खेपेको फिल्ममा आएपछि पनि हो । आरोपबाट मुक्त हुन उनले प्रयास गरेकी पनि हुन् ।

वर्षाको प्रयास सफल भएको छैन कहिले । यसपटक हुन्छ कि । उनले आफ्नो इन्स्टाग्राममा फोटो राखिन् । फोटोमा उनले अनुहार त लुकाइन् । उनले, म दुब्लाएकी छु भनेर भन्न खोजेकी होलिन् । फिगर घटेको फोटोमो देखिएको छ ।

वर्षा राउतलाई फिल्ममा आउँदा अब मोटो होइन, मेन्टेन गरेको फिगरसहित आउन मन होला । वर्षाको मेहेनतले सफलता पाओस् ।