‘पठान’मा एक्सनका साथ आउँदै शाहरुख खान

अभिनेता शाहरुख खानको फिल्म नआएको पनि लामै समय भइसक्यो । उनका दर्शक तथा फ्यान फिल्म नआएकोमा निराश हुदैँ आइरहेका थिए । तर अव उनले आफ्ना फ्यानलाई नयाँ खबरका साथ बाहिर आएका छन् ।

उनी नयाँ फिल्ममा अनुबिन्धत भएका छन् । एक्सन फिल्म ‘पठान’ मा देखिने भएका छन् । यशराज फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा शाहरुख खानका साथ अर्का अभिनेता जोन अब्राहम पनि हुनेछन् । यो फिल्मको घोषणा अर्को महिना यशराज फिल्म्सको ५०औं एनिभर्सरीमा गरिनेछ ।

फिल्म ‘जिरो’ ले बक्सअफिसमा फ्लप भएपछि निराश बनेका शाहरुख खान अव नयाँ जोसका साथ आउन लागेका हुन् । फिल्म ‘पठान’लाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् । उनले पछिल्लो फिल्म ‘वार’ निर्देशन गरेका थिए । अहिले यस फिल्मको प्रि(प्रोडक्सनको काम भइरहेको छ । पठान फिल्ममा अभिनेत्री को हो भनेर खुलाइएको छैन ।

यस फिल्मको छायाँङ्कन अर्को वर्षको जनवरीबाट सुरु गरिने छ । यो फिल्मको सुटिङ गर्नु अगाडी जोनले पहिला आफ्नो नयाँ फिल्म ‘सत्यमेव जयते २’ को छायांकन पूरा गर्नेछन् । मार्चबाट ‘पठान’ का लागि समय निकाल्नेछन् ।