उदय सोताङ र मनिला सोताङको आवाजमा ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक

गायक उदय सोताङ र गायिमा मनिला सोताङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । उनीहरुको आवाजमा समावेश ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक भएको हो । सार्वजनिक भएको गीतमा उदयकै संगीत रहेको छ भने गीतमा सुरेश वाग्लेको शब्द छ ।

गीतको भिडियोमा उदय र मनिलालाई नै फिचरिङ गरिएको छ । गीतमा एक अर्कासँगको प्रेमभाव व्यक्त गरेका छन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा शान थापाको निर्देशन छ । गीतलाई युट्युवमार्फत हेर्न सकिने छ ।