केहि कलाकार कुलमानको पक्षमा उत्रिदा ,अरु किन मौन ?

कलाकारहरु नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङ पुन नियुक्तीको माग राखेका छन् । उनीहरुले फेरि कुलमानको नियुक्ती गर्नका लागि हिजो साँझ ५ मिनेट बत्ती निभाएर सरकारलाई दबाब दिन सबैमा अनुरोध गरेका थिए ।

आफ्नो ४ बर्षे कार्यकाल विद्युत प्राधिकरणमा विताएका कुलमानले १८ घन्टा लामो लोडसेडिङको अन्त्य गर्दै नेपालमा लोडसेडिङ हटाएका थिए । यसरी दवाव दिने कलाकाहरुको आवाज हप्ता दिन अगाडि देखि कलाकार हरिवंश आचार्य, अभिनेत्री करिश्मा मानन्धर, बर्षा राउत ,दीपकराज गिरी केकी अधिकारी लगायतका दर्जन कलाकार रहेका छन् ।

उनै, कुलमानलाई पुनः नियुक्तीको माग गर्दै हास्यकलाकार दिपकराज गिरीले हिजो साँझ बेलुकी आठ बजेपछि ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता जनाउन अपिल गरेका थिए । उनले सामाजिक संजाल फेसबुक मार्फत लेखेका छन् ,‘आदरणीय साथीहरु । कुलमानजीको पुनः नियुक्तीको लागि जन दबाब स्वरुप आजबाट हरेक साझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौ ।’

उनको भनाईलाई साथ दिदैँ निर्देशक प्रदिप भट्टराइले पनि हरेक दिन आठ बजेपछि ५ मिनेट बत्ती निभाउन अपिल गरे । उनले ‘नराम्रा पटक पटक, राम्रा किन एक पटक ?’ भन्ने प्रश्न सोझ्याउँदै यो अभियानमा सहभागी हुन सबैसँग अपिल गरेका छन् । केहि कलाकार तथा निर्देशक बाहेक अन्य कलाकारहरु भने मौन देखिए ।

उनको नियुक्तीको पक्षमा दवाव दिएको देखिएन । सामाजिक सञ्जालमा सक्रिय कलाकारहरु पनि तै चुप मै चुप देखिए । यता दीपकराज गिरी , प्रदीप भट्टराई लगायत केही कलाकार भने आम जनभावनाको पक्षमा उभिएका छन् । सरकालाइ दवाव दिन पटक पटक सामाजिक संजालमार्फत सरकारलाई घचघच्याइरहेका छन् । हिजो राती सरकारले भने कुलमानलाई पुन ः नियुक्ती गर्न नसकिने बताएको छ । अहिलेका प्रधानमन्त्री कुलमानलाई पुन नियुक्त गर्ने पक्षमा देखिएका छैनन् ।