निर्देशनमा नीताको जोखिम

अरुले निर्देशन गर्छन् फिल्म, कलाकार खेल्छन् । फिल्म चल्यो भने जस सबै कलाकार लिन खोज्ने । चलेन भने फिल्म नराम्रो बनाएको भनेर अपजस जान्छ निर्देशकलाई ।

कलाकार भएर फिल्म खेल्न सजिलो होला । तर, त्यही कलाकारले फिल्म बनाउन सजिलो छैन । निर्माता बनेर फिल्ममा लगानी गरेको बेलामा कलाकारको दिमाग खराब भएको छ । केकी अधिकारीले निर्मात्री हुँदा म किन बेहोस हुदिन भनेर भनेको कुरा याद गर्न सकिन्छ ।

तर, अभिनेत्री नीता ढुंगाना माया फिल्म बनाएर निर्मात्री बन्छु भनेर लागेकी हुन् । फिल्मको काम रोकियो । नीतालाई गणेश भजन गाउने इच्छा पलायो । गाइन् पनि उनले । उनी, वेव सिरिज बनाउन कस्सिइन् । वेव सिरिजको निर्देशन आफै गर्ने भएकी छिन् ।

नीता निर्देशक बन्न लागिन् भनेर आलोचना गर्न ठाउँ छैन । तर, उनले उठान गर्न लागेको बिषय गम्भिर छ । धर्मसँग जोडिएको बिषय हो यो । श्रीमदभववत् गीता बनाउन लागेकी छिन् नीताले । अर्जुन र कृष्णको संवाद वेव सिरिजमा आउनेछ ।

नीताको निर्देशनमा यो वेव सिरिज बनाउँदा गम्भिर हुन पर्छ । किनकी, यो सिरिजमा संवाद, पहिरनमा मात्र थोरै तलमाथि भयो भने नीताले विरोधको सामना गर्नुपर्नेछ ।

किनभने, अर्जुन र कृष्णको गाथा सबै नेपालीलाई थाहा छ । यसमाथि धर्मसँग जोडिएको कुरा । मानिसको भावनासँग थोरै मात्र खेलियो भने त्यो हानिकारक हुन्छ । अभिनेत्री रेखा थापाले पहेलो बस्त्र लगाएर फिल्म खेल्दा हिफाजतमा भएको विरोध संझिन पर्छ यो बेला ।

नीताका लागि चुनौतीको पहाड देखियो । नीता सफल भइन् भने उनले फिल्मको निर्देशन पनि सहजै गर्न सक्नेछिन् भनेर वुझ्दा हुन्छ ।