प्रियंकाको युटुबमा आशिरमान


अभिनेत्री प्रियंका कार्की । फिल्ममा खुबै व्यस्त हुने अभिनेत्री । करिअर ढल्कदै गएपछि फिल्म पनि कम हुन थाल्यो । लकडाउनपछि त प्रियंकाको मात्र होइन, सबैको हालत उही छ ।

प्रियंकाले युटुब च्यानल खोलिन् । उनले यसमा खानेकुरा पकाउन सिकाउँछिन् । अभिनेता आयुष्मान देशराज र प्रियंकाले खाना पकाउँदै गरेको भिडियो बनाउँछन् । दर्शकले राम्रै रुचाएका छन् भिडियोलाई ।

लकडाउनको फाइदा प्रियंकाले उठाएको पाइयो । उनको युटुबमा दर्शकका प्रश्नको उत्तर पनि दिने गरेकी छिन् ।

प्रियंकाको च्यानलमा अब आशिरमान पनि अतिथी बनेर परिकार पकाउँदैछन् । प्रियंका परिवारसँग खुशी छिन् । आशिरमानसँगको चप चप डायरीज हेर्न उनले अपिल गरिन् ।

परिवारसँग मिठो समय बिताइरहेकी छिन् प्रियंका । आशिरमानसँगको चप चप डायरीज दर्शकले मन पराउने आशा छ प्रियंकालाई ।