कंगना र सांसद जयाबीच चल्यो दोहोरी

राज्यसभामा बलिउड कलाकार तथा समाजवादी पार्टीकी सांसद जया बच्चनले बोलेको एक अभिव्यत्तीलाई लिएर अभिनेत्री कंगना रनावत आक्रोशित भएकी छन् । जयाले अभिनेत्री लक्षित एक अभिव्यत्तीका कारण कंगना आक्रोशित बनेकी हुन् । जयाले कसैको नाम नलिई, ‘चलचित्र क्षेत्रबाट नाम कमाउनेहरु यसलाई फोहोरी ठाउँ  भनिरहेका छन् ,भनेकी थिइन् ।

मलाई आशा छ कि, सरकारले यी मानिसहरुलाई यस्तो भाषा प्रयोग नगर्न भन्नेछ ।’ भाषण गरेपछि कंगनाले आफु लक्षित गरिको भन्दै जयासँग रिसाएकी हुन् । सांसद जयाले थप भनेकी छन् ,‘केही मानिसहरुका कारण सिंगो बलिउड नगरीको छविलाई दुषित गर्न मिल्दैन । मलाई लाज लाग्छ कि, लोकसभामै हाम्रा एक सदस्य जो चलचित्र उद्योगसँग जोडिएका छन्, उनले यसको विरुद्धमा बोलेका छन् । यो लाजको बिषय हो । जुन थालमा खायो सोही थालमा थुक्न मिल्दैन ।’

उनले भन्न चाही अहिले आरोपित र आलोचित बनेकी कंगाना विरुद्ध नै रहेको थियो । कसैसँग नडराउने कंगनाले आफुलाई नै लक्षित भनेको भन्दै आक्रोशित रुपमा ट्वीटरमार्फत जवाफ फर्काएकी छन् । कंगनाले ट्विट गर्दै लेखेकी छिन्,‘जया जी, तपाइले यो कुरा त्यतीबेला वुझ्नु हुन्थ्यो जतिबेला मेरो स्थानमा तपाइकी छोरीमाथि हातपात हुन्थ्यो, उसलाई नशा दिइन्थ्यो र युवा अवस्थामा उसको शोषण हुन्थ्यो ।

के तपाई त्यतीबेला पनि यो कुरा भन्न सक्नुहुन्थ्यो कि, जतिबेला तपाइको छोरा अभिषेकमाथि निरन्तर ह्यारेसमेन्ट हुन्थ्यो र एक दिन उसलाई तपाई पंखामा झुन्डिएको पाउनुहुन्थ्यो । हामीलाई सहानुभुती दिनुहोस् ।’ यि दुईबीचको वाकयुद्धले आज बलिउडमा आज निकै तताएको छ ।