अरुण थापाको बायोपिक बन्ने कुरा हल्लामै सिमित

अरुण थापाको बायोपिकमा बनाउने घोषणा गरेको लामै समय भएता पनि बन्न सकेको छैन । निर्देशक दिनेश राउतले बनाउन लागेको बायोपिकमा अभिनेता प्रदीप खड्काले अभिनय गर्ने भनिएको थियो । प्रदीप खड्कालाई यस फिल्ममा नराख्न मगर संघलगायतले अनुरोध गरेका थिए ।

उनीहरुले चर्को विरोध जनाएपछि अहिले यो फिल्म बन्ने नबन्नेमा अन्योता छाएको छ । नामै नभएको फिल्मका लागि अभिनेता प्रदीप खड्काले २० लाख पारिश्रमिक बुझेको हल्ला फिँजाइएको छ । फिल्म बन्नु भन्दा हल्ला बढि भएको फिल्म बन्ने ठेगान छैन । एक अनलाईनसँग निर्देशकले पारिश्रीमकको कुरा हल्ला भएको बताएका छन् ।