अरुणको बायोपिक नबन्ने भएपछि अर्को फिल्ममा साइन गरे प्रदिपले

अभिनेता प्रदिप खड्का पछिल्लो समय निर्देशक तथा निर्माता सन्तोष सेनको फिल्म हुतुतुको सुटिङको तयारीमा रहेका छन् । सरकारले फिल्मको छायाँङ्कनको लागि अनुमती दिने वितिक्कै फिल्म ‘हुतुतु’मा लाग्ने छन् ।

तर, उनले ‘हुतुतु’ भन्दा अगाडि काम गर्ने गरि एक नयाँ चलचित्र साइन गरेका छन् । निर्देशक दिनेश राउतले निर्देशन गर्ने सामाजिक कथाको एक फिल्मका लागि उनले साइन गरेका हुन् । दिनेश कै टिमले स्वर्गिय गायक अरुण थापाको बायोपिकमा फिल्म बनाउने हल्ला पिटिरहेको बेला पछिल्लो समय नगर्ने बताएको थियो ।

बायोपिक नबन्ने भएपछि यसको सट्टामा प्रदिपलाई नयाँ फिल्ममा अनुबन्धित गरेका हुन् । नाम नराखिएको फिल्म निर्देशक राउतले छायांकनको अनुमती पाएसँगै सुरु गर्ने तयारी गरिरहेका छन् । राउतले यो फिल्मको कथा केही बर्ष अगाडि सोचेका थिए भने लकडाउनको समयमा स्क्रिप्ट फाइनल गरेका हुन् ।

नयाँ फिल्मका लागि अभिनेता प्रदिपले २० लाख पारिश्रमिक वुझेका हल्ला बाहिर आएको छ । तर , निर्माणपक्षले यो बिषयमा मौन देखिएको छ ।  यता प्रदिप अभिनित फिल्म ‘प्रेमगीत ३’ रिलिज हुन बाँकी छ । गत बर्ष नै रिलिज गर्ने भनिएता पनि कोरोनामहामारीका कारण सरेको थियो ।