कलाकार दीपक ढकाललाई कोरोना संक्रमण

कलाकार दीपक ढकाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा कोरोना प्रयोगशालामा ल्याब टेक्निसियनको रुपमा कार्यरत रहेका ढकाललाई कोरोना संक्रमण देखिएको हो । दीपकका अनुसार १० हजार व्यक्तिको स्वाब संकलनपछि उनमा पनि कोरोनाको लक्षण देखिएको हो ।

अहिले उनी होम आईसोलेसनमा बसिरहेको छन् । कलाकार दीपकल ‘सुब्बा साब’, ‘लेक साइड’, ‘रेनी’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् भने पछिल्लो समय ‘बग्ने खोला’ बोलको गीतमा अभिनय गरेका थिए । जुन गीत अहिले चर्चामा रहेको छ ।