भाइबरको स्टिकरमा महजोडीको ठट्यौली

हास्यकलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’को भाइबर स्टिकर प्याक उपलब्ध भएको छ । मदन र हरिलाई भाइरमा खोल्ने वितिकै देखिने छ । मेसेजिङ एवं कलिङ एप भाइबरसँगको सहकार्यमा मह संचारले उक्त प्याक सञ्चालनमा ल्याएको हो ।

सार्वजनिक भएको भाइबर स्टिकरहरूमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विभिन्न फिल्म तथा टेलिफिल्ममा निर्वाह गरेको चरित्रको चित्र रहेको छ । साथै, मदन र हरिको रोचक अनि ठट्यौली शैलीका संवादहरू पनि उपलव्ध रहेका छन् ।

कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत् सबैलाई जानकारी दिएका छन् । उनले स्टिकर पोष्टसँगै लेखेका छन् , ’तपाईंहरूले मन पराउनु भएका हाम्रो बिविन्न चरित्रहरु अब भाइबर स्टिकरमा उपलब्ध छ ।’ मह जोडी स्टिकर प्याक निःशूल्क राखिएको छ । जसका कारण आफन्तलाई हरेक कुरा निःशुल्क पठाउन सकिने छ ।

Viber र मह संचार को सहकार्य । तपाईंहरुले मन पराउनु भएका हाम्रो बिविन्न चरित्रहरु अब viber sticker मा उपलब्द छ । download link below https://stickers.viber.com/pages/MajaJodi

Gepostet von Hari Bansha Acharya am Montag, 14. September 2020