जोखिम मोल्छन् प्रदिप


प्रेमगीत ३ प्रदिप खड्काको ब्रान्ड फिल्म हो । उनलाई फिल्ममा स्थान दिएको प्रेमगीत । प्रेमगीत २ ले सफलता पाउँदा प्रदिपलाई फाइदा भएको हो ।

प्रेमगीत ३ को होला भनेर भन्न सकिन्न । जे पनि हुन सक्छ । प्रदिप खड्कालाई प्रेमगीको ब्रान्डले मात्र सफल बनाएको छ । लिलिबिली, लभ स्टेशन, रोज नचलेका फिल्म हुन् ।

प्रदिप अब चल्नपर्छ । नचले गाह्रो छ । थाहा छ प्रदिपलाई यो कुरा पनि । उनी, करिअरमा जोखिम मोलेर काम गर्न रुचाउँछन् । अभिनय उनको राम्रो भएको टिप्पणी हुन्छ ।

प्रदिपले कमेडी फिल्म पनि गर्दैछन् । हुतुतुमा उनले कमेडी गर्नुपर्छ । हरिवंश आचार्य, नाजिर हुसेन जस्ता कलाकार पनि छन् । चुनौतीका बिचमा जोखिम छ ।

दिनेश राउतको फिल्म पनि छ । स्वर्गिय गायक अरुण थापाको फिल्म बनेन । प्रदिपको अनुहार नै नमिल्ने भएकाले फिल्म बनाउन रोकियो । फिल्मको च्याप्टर रोकियो ।

दिनेश राउतको फिल्ममा प्रदिपलाई चकलेटी हिरो देखाइनेछैन । यही भएर हो, प्रदिप जोखिम मोल्न तयार भएका छन् ।

हलमा फिल्म हिट दिनु छ प्रदिपलाई । अभिनयमा फरकपना झल्काउनुछ । चुनौती र जोखिम लिएर काम गर्न उनी तयार भएका हुन् ।

रोजमा जोखिम मोले चलेनन् । फिल्ममा प्रेमी भएका प्रदिप कमेडी र सामाजिक फिल्मबाट उदाएपनि उनलाई हरेक भूमिकामा दर्शकले स्विकार गर्ने छन् । प्रदिप जोखिम मोल्छन् । जोखिम कती चल्छ, भन्न हतार होला अहिले ।