पुजाको फेरिएको पब्लिसिटी


फिल्मको पब्लिसिटीमा कुद्छन् कलाकार । कलाकारको कुदाइले फिल्मको दुइ दिन व्यापार चम्कने कुरामा फरक पर्ला ।

फिल्मको लागि कुद्ने अभिनेत्री पुजा शर्मा पनि हुन् । पुजाले पोई पर्यो काले फिल्ममा कुदेकी थिइन् । फिल्मले निर्मातालाई सुखद नतिजा नै दिएको हो ।

कुदाइको कुरा गर्दा पुजा ६ महिनादेखि फिल्मको प्रचार गर्नमा कुद्न पाएकी होइनन् । तर, कुदाई अर्कैतिर मोडियो ।

उनी, भिडियोको प्रचारमा कुदेकी छिन् । भिडियोको पोष्टर दैनिक फेसबुकमा शेयर गरेकी छिन् । अन्तरवार्ता पनि दिन भ्याएकी छिन् ।

टिकटकमा आफूले बनाएको गीतको प्रचार भन्नै पर्दैन । फिल्म नभएकाले भिडियो गरेको भन्छिन् पुजा । कुदाई त फिल्मको जस्तै छ । कलाकार भएपछि सबैलाई न्याय गर्नपर्छ भन्ने होला । यसरी वुझौ त ।