नक्कली आइडीले हैरान भएका जीतु नेपालले नाम फेरे

कलाकारहरुलाई नक्कली नामले हैरान बनाएको छ । कतिपयले कलाकारको नक्कली आइडी बनाएर ठगी खाने भाँडो बनाइरहेका बेला  हास्य कलाकार जीतु नेपालले सामाजिक संजाल फेसबुकबाट आफ्नो नाम परिवर्तन गराएका छन् । उनले हिजो राति फेसबुकमा स्टाटस पोष्ट गर्दै आफ्नो नाम जीतु नेपालबाट जीत बहादुर नेपाल बनाएका हुन् । सामाजिक सञ्जालमा जीतु नेपाल नाम गरेका आइडी र फोटो छ्याप्छ्याप्ती भएपछि सबैलाई सचेत गराउँदै नाम परिवर्तन गगरेका हुन्  ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकका छन् ,‘‘सबैमा नमस्कार, आजबाट मेरो फेसबुक नाम जीतु नेपालबाट मेरो पासपोर्ट र नागरिकतामा भएको वास्तविक नाम जीत बहादुर नेपाल भएकोले सबैमा जानकारी गराउँदछु । अब कोही पनि नक्कली आइडीबाट न झुक्किनु होला । यो नै मेरो आधिकारिक फेसबुक हो । मलाई एड, फलो गर्नु होला र साथै सरसल्लाह सुझाव दिनुहोला है ।’