नम्रताको वुझाइमा डर


जिन्दगीको कालखण्डमा नम्रता श्रेष्ठले डर भोगिन् देखिन् महशुश गरेकी हुन् । उनी, डिप्रेशनमा पुगिन् । फिल्ममा आउँदा आउँदै भोगिन् एउटा घटना । तर, उनले साहस गरिन्, हिम्मत जुटाइन् । नम्रताको विगत भन्दा बर्तमान बलियो भयो यसैले हो ।

नम्रता अरु अभिनेत्री भन्दा फरक रुपमा बाँचेको हेर्न सकिन्छ । आफ्नो समय र जिन्दगीसँग रमाउँछिन् नम्रता श्रेष्ठ । नम्रताको यो बानी राम्रो हो ।

फिल्म नचलेको बेलामा नम्रता चुप हुने गर्छिन् । उनलाई आफ्नो दुनियाँ प्यारो हो । उनले, प्रकृतीलाई नजिकबाट वुझ्ने कोशिश गर्छिन् । हिमाल, पहाड, हरियालीमा रमाउने गरेकी छिन् नम्रता ।

नम्रताले जिन्दगीबाट डर भगाउन गरेको साधना काम लाग्छ । उनी फिल्म खेल्छिन् । फिल्मका लागि के नगरेकी छिन् होला उनले । जाइरामा कपाल काटेकी छिन्, प्रसादमा फेरि नक्कली कपाल हालेर काम गरेकी छिन् ।

क्लासिकमा दृष्टिबिहिन भएर काम गरेकी छिन् । अभिनयमा नम्रता अगाडि । नम्रतालाई सबैभन्दा ठूलो डर नै आफू भित्र रहेको डर हो लागेको छ । मन भित्र रहने डरको डर ठूलो हो । यसलाई जित्नका लागि सत्य साहस चाहिने उनले बताएकी छिन् । सत्य साहसले मानिसभित्र रहेको डरलाई जित्छ भनेर भन्छिन् नम्रता ।

कोरोना भाइरसपछि उत्पन्न भएका समय र परिस्थितीले डर पैदा गरेको छ । कलाकारमा काम के होला भन्ने डर छ । मानिसमा डर नै डर । डरले समस्या ल्याउँछ । यसलाई भुलाउन पर्छ भनेर नम्रताले भनिन् ।

मानिसको मनमा भएको डरले सबैलाई पेल्छ । यसलाई हराउनका लागि मन भित्र रहेको सत्य साहस नै आवश्यक हो भन्ने नम्रताको कुरा भयो । नम्रताको डरलाई जित्नका लागि सत्य साहसको सहरा अरुले पनि लिएको राम्रो ।