थप उपचारका लागि सञ्जय दत्त दुबई प्रस्थान

Mero Film

बलिउड अभिनेता सञ्जय दत्त फोक्सो क्यान्सरबाट पीडित भएको लामै समय भइसक्यो । मुम्बईमा उपचारत सञ्जय थप उपचारका लागि दुबई प्रस्थान गरेका छन् ।उनी श्रीमतीका साथ दुबई लागेका हुन् । अभिनेता दत्तकी धर्मपत्नी मान्यताले इन्स्टास्टोरीमा एउटा तस्बिर शेयर गर्दै यो उपचारका लागि दुबई हिडेको बताएकी छन् ।

मान्यताले सार्वजनिक गरेको तस्विरमा सञ्जय दत्त र सञ्जय निकै पोजिटिभ देखिएका छन् । अभिनेता दत्त क्लिन शेभमा देखिएका छन् र मान्यताले तस्विर सेयर गर्दे क्याप्सनमा लेखेकी छन् ,‘ इनरुट लाइफ ।’

लकडाउनको समयमा स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालमा सञ्जय दत्तलाई क्यान्सर भएको पत्ता लागेको थियो । उनी अस्पताल भर्ना हुँदा सञ्जय दत्त की श्रीमती दुबईमै थिइन् । त्यसपछि उनी श्रीमान्लाई भेट्न मुम्बई आएकी थिइन । सञ्जयले विरामी हुँदा हुँदै पनि एउटा फिल्मको सुटिङ सकाएका छन् ।


Leave a Reply

Your email address will not be published.