अक्षयको ‘लक्ष्मी बम ’ तिहारमा ,फरक लुक्सका कारण चर्चामा

बलिउड फिल्ममा पछिल्लो समयको प्रतिक्षित फिल्म हो, ‘लक्ष्मी बम’ । अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा अड्वानीको मुख्य भूमिका रहेको फिल्मलाई दर्शकले पोष्टर हेदै मन पराएका छन् । यो फिल्मबाट अभिनेता अक्षय कुमार पनि निकै आशाबादी देखिएका छन् । उनले ट्वीटरमा एक पोष्टर सार्वजनिक गर्दै आफ्ना फ्यानलाई फरक कथाको फिल्म बनेको सुचना चुहाएका छन् ।

अक्षय कुमारले सामाजिक सञ्जालमा चलचित्रको टिजर रिलिज गर्दै तिहारलाई लक्षित गर्दै ९ नोभेम्बरमा रिलिज गर्ने बताएका छन् ।
फिल्म ‘लक्ष्मी बम’ हलमा भने लाग्ने भनिएको थियो तर कोरोना महामारीका कारण डिजिटल प्ल्याटफर्ममा रिलिज हुने बताइएको छ । यस फिल्मलाई तिहारमा दर्शकले डिज्नी प्लस हटस्टरमा हेर्न सक्ने पनि जानकारी दिएका छन् ।

उनले सार्वजनिक गरेको पोष्टरमा डर लाग्दो र फरक रुप देखाइएको छ ।केहि फिल्म हल नै कुरेर बसेका छन् भने बाँकी फिल्महरु डिजिटल प्ल्याटफर्ममार्फत रिलिज भइरहेका छन् । ठूलो लगानीमा बनेको फिल्म ‘लक्ष्मी बम’ हल नकुरी डिजिटल रिलिजलाई रोजेको हो ।