‘मदहोस’को गीतमा प्रियंकाको हट सिन

छोटै समयमा ग्ल्यामर क्षेत्रमा स्थापित गराउन लागि परेकी अभिनेत्री हुन् प्रियंका अधिकारी । उनको सानै देखिको चाहना थियोे अभिनय र मोडलिङ । आफ्नो चाहना पुरा गर्न कलाकारीताको क्षेत्रमा सकृय रुपले लागिपरेकी प्रियंका म्युजिक भिडियो हुँदै चलचित्रको ठूलो पर्दामा देखिदैछिन् । उनि अभिनित चलचित्र ‘मदहोस’ को प्राबिधिक कार्य भैरहेको छ ।

चलचित्र ‘मदहोस’को ‘सुन ए गगन रुकजा पवन…’ बोलको नित्याशिवाको स्वर रहेको गीतको भिडियो हालै सार्वजनिक भएको छ । हट नायिकाको रुपमा स्थापित हुन चाहने विराट चौककी  प्रियंका यतिबेला चर्चा बटुल्दैछिन् । अभिनयकोे क्षेत्रमा हिक्मतका साथ संघर्ष गरिरहेकी उनले साथीहरुसंग मिलेर ललितपुर बालकुमारी स्थित कौसी क्याफे खोलेकी छन् ।

नृत्यमा अव्बल प्रियंकाले आगामी दिनमा अभिनय र मोडलिङ्ग दुबैलाई एकसाथ अघि बढाउने सोच लिएकी छन् । एउटा कलाकार सामू कस्तो खालको पात्रको भूमिका आईपर्छ त्यसलाई सहज रुपमा निभाउनु नै कलाकारीता हो जुन क्षमता ममा छ भन्दै उनी अगाडी भन्छिन ‘मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानुपर्छ एक दिन अवश्य सफलताको शिखर चुम्न सकिन्छ ।’