राजेशपायल भन्छन्, ‘सेरोगेसीबाट दुई सन्तान बनाउने सोच छ ’

नेपाली सांगीतिक क्षेत्रका ‘मेगास्टार’ गायक राजेशपायल राई अझैँ अविवाहित नै रहेका छन् । ‘राई इज किङ’का रुपमा चर्चित र व्यस्त राजेशपायल अझै केही वर्ष विवाह गर्ने सुरमा छैनन् । कार्यक्रम र गीत रेकर्डिङमा व्यस्त रहेका राजेश विवाह गर्ने मुडमा देखिएका छैनन् । विवाहका कुरा गर्दा उनी जुरेपछि हुन्छ गर्ने बचन दिन्छन् ।

सेरोगेसीको राजेशको रहर

गायक राजेशपायल राई अहिलेसम्म अविवाहित नै छन् । उनका नजिकका साथीहरुले विवाह गरेर छोराछोरी हुर्काइसके तर राजेश अझै विवाह गर्ने सुरमा छैनन् । उनकै मित्र तथा अभिनेता राजेश हमालको विवाह गरेर घरजम गरिसकेँ । तर राजेशपायलको विवाहको छाँटकाँट छैन । आफ्नो विवाह नहुनुको कारण नजुरेर नै भएको तर्क दिन्छन् ।  उनी भन्छन्, ‘विवाह कहिले भन्ने त मेरो छैन । यस विषयमा खुसी दिउँ, सबैलाई सरप्राइज दिउँ भन्ने पक्षमा चाहीँ एकदमै उत्साहित छु । मेरो विवाह यसै दिन भन्न त सकिँदैन तर सकभर चाँडै दिन्छु ।’

लकडाउनमा छोराछोरीको महशुस

राजेश पायलले लकडाउनमा भने श्रीमती तथा छोराछोरीको महशुस गरेका छन् । उनले भने, ‘लकडाउनमा मलाई केही कुराको अनुभव गरेको छु । यदि यो लकडाउनको बेला श्रीमती÷छोराछोरी भइदिएको भए उनीहरुसँग खेलेर बोलेर समय बिताउँथे होला । एक्लो हुँदा यी कुराको मैले अभाव देखेको छु ।’ उनले मनको रहस्य खोल्दै भने,‘ विवाह गरेपछि दुईजना छोरा र छोरी जन्माउने लक्ष्य छ । टुइन्स छोरा हुन सक्छन् या छोराछोरी । ’
विवाहको कुराकानीमा उनी विस्तारै खुल्दै गए । धेरैलाई थाहा नभएको कुरा उनले बेलिबिस्तार लगाए । ‘जसरी नी मेरो तीन जना छोराछोरी हुन्छन् भन्ने हो । सेरोगेसी गरेर भएपनि सन्तान बनाउने सोच छ ।’ सेरोगेसी गर्दा श्रीमतीको पनि टेन्सन भएन, छोराछोरीको पनि टेन्सन भएन’ उनले भने ।

नेपालमा भन्दा बढि सेरोगेसीबाट बच्चा जन्माउने हलिउड ,बलिउड तिर हरेको छ । उनले बलिउडका केहि कलाकारको उदाहरण दिदैँ भने ,‘म पनि सेरोगेसी कै तयारीमा रहेको छु ।’ विदेशीको सिको सिक्दै नेपालीले पनि पछिल्लो समय सेरोगेसीमार्फत सन्तान जन्माउन थालेका छन् । नेपाल सरकाले यसैलाई मान्यता भने दिइसकेको छैन । तर , विदेशमा भने सेरोगेसीबाट बच्चा जन्माउने क्रम बढकोे देखिन्छ ।