दानराजको ‘कस्तो होला म मर्ने दिन’

डि. एस. डिजिटल सिनेमाको ब्यानरमा शंकर अधिकारी (घायल)को प्रस्तुती अनि कल्याण रत्न कार्कीको निर्माण, चेतन घिमिरे र सावर अधिकारीको सह निर्माण रहेको फिल्म दानराजको शिर्ष गीत ‘कस्तो होला म मर्ने दिन’ ओएस आर डिजिटलबाट रिलिज गरिएको छ ।

सुभाष गौतमको शब्दमा सुरेस अधिकारीको स्वर संगीत रहेको छ । दानराराजमा दानराज चौलागाईं, सुनिता दहाल, रेश्मा घिमिरे, आरोही राणा, गङा कुवर, रबिन श्री सागर गुरु चौलागाईं, रबि खडका, करुणा श्रेष्ठ, तृष्णा खड्का, बालकलाकार हृदय कार्की ,स्वस्तिक चौलागाईंको अभिनय रहेको छ ।

कृष्ण पाण्डेको छायांकन, देव महर्जन को द्वन्द्व ,सन्दिप भुजेल र राम केसीको नृत्य ,रबि केसीको श्रृङ्गार अनि बिश्वास भण्डारीको सम्पादन रहनेछ भने असोजको दोस्रो साताबाट फ्लोरमा जाने निर्माणपक्षको भनाई छ ।