द्धन्द कलाकार सुरेशसिंहको सम्झनामा श्रदाञ्जली कार्यक्रम

द्धन्द कलाकार सुरेशसिंह पुजारीको १३ औँ दिनको पुण्य तीथिमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । भोटेवहालस्थित सुरेशकै निवासमा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा फिल्मकर्मी तथा उनका साथीभाईको बाक्लो उपस्थितिमा सुरेशप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

कार्यक्रममा फिल्मकर्मीहरु रमेश उप्रेतीले राजेन्द्र खड्गी, धिरेन शाक्य, उमेश खड्का, राजकुमार राई, सुर्य थोकर, पुस्कर लामा, पुरुषोत्तम प्रधान, एनबी महर्जनलगायतको सहभागिता भएका थिए । ५४ वर्षीय पुजारी झन्डै ३ दशकदेखि द्वन्द्व कलाकारिताको क्षेत्रमा सक्रिय रहँदै आएका थिए ।

पुजारीको गत भाद्र २० गते राजधानीको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । फिल्म नाताबाट कलाकारिता सुरु गरेका शुरेशले द्धन्द निर्देशक राजेन्द्र खड्गीको नेतृत्वमा रहेर करिब ३ सय फिल्ममा अभिनय गरेका थिए । उनले २०६५ सालमा फिल्म रणसंग्राम निर्माण गरेका थिए ।